रुपन्देहीका शीतलहर पीडितलाई न्यानो कपडा वितरण

हिमाल प्रेस २७ पुष २०७९ १७:४६ | Wednesday, January 11, 2023
रुपन्देहीका शीतलहर पीडितलाई न्यानो कपडा वितरण

रुपन्देही- रुपन्देहीका शीतलहर पीडितलाई न्यानो कपडा वितरण गरिएको छ। जिल्ला विपद् व्यवस्थापन समितिद्वारा स्वीकृत शीतलहर जोखिम न्यूनीकरण पूर्व तयारी तथा प्रतिकार्य योजना -२०७९, बमोजिम शितलहरबाट प्रभावित क्षेत्रमा प्रमुख जिल्ला अधिकारी भरतमणी पाण्डेको नेतृत्वमा सुरक्षा निकायका प्रमुख, स्थानीय जनप्रतिनिधिहरू र सरोकारवालाको समेत उपस्थितिमा न्यानो कपडा वितरण गर्ने काम सुरु गरिएको हो।

जिल्लाको सम्मरीमाई गाउँपालिकामा रहेका अतिविपन्न गरिब, जेष्ठ नागरिक अपांग भएका व्यक्तिसमेत गरी २४३ जना व्यक्तिलाई जिल्ला विपद् व्यवस्थापन कोषबाट खरिद गरिएका न्यानो कपडा वितरण गरिएको छ। पीडितहरूलाई वितरण गर्ने कार्यक्रम अन्य पालिकाम पनि निरन्तर रहने जिल्ला प्रशासन कार्यालय रुपन्देहीले जनाएको छ।

साथै जिल्लाभित्र रहेका १६ वटै स्थानीय तहहरू मध्ये सिद्धार्थनगर नगरपालिकाले अतिविपन्न परिवारलाई न्यानो कपडा एवं टोल सुधार समितिमार्फत दाउरा वितरण गरी चोक चोकमा आगो बालेर शितलहर प्रभावितलाई न्यानो प्रदान गर्दै आएको छ।यस्तै लुम्बिनी सांस्कृतिक नगरपालिकाले एक हजार ८३३ थान न्यानो कपडा, जेष्ठ नागरिकलाई २३३ थान चेवनप्राश, १४ चट्टा दाउरा, रोहिणी गाउँपालिकाबाट बालबालिकालाई ३६५ थान स्वीटर, १५५ जनालाई कम्मल, गैडहवा गाउँपालिकामा ४५० थान स्वीटर, वितरण गरिएको छ।

शुद्धोधन गाउँपालिकामा ४०० थान कम्बल वितरण गरिएको र सिमावर्ती दक्षिण क्षेत्रका कञ्चन, सम्मरीमाई, मर्चवारी, सियारी र मायादेवी गाउँपालिकाबाट दाउरा वितरण गरी चोकचोकमा आगो बालेर शीतलहर प्रभावितलाई राहत प्रदान गरिएको छ।

प्रकाशित: २७ पुष २०७९ १७:४६ | Wednesday, January 11, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

17 + seven =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast