रास्वपा सभापतिमा रवि लामिछाने चयन

हिमाल प्रेस १५ माघ २०७९ १७:३९
रास्वपा सभापतिमा रवि लामिछाने चयन फाइल तस्बिर।

काठमाडौँ– निवर्तमान उपप्रधान एवम् गृहमन्त्री रवि लामिछाने राष्ट्रिय स्वतन्त्र पार्टीको सभापतिमा चयन भएका छन्।

आइतबार दिउँसो बसेको केन्द्रीय समितिको बैठकले उनलाई सभापतिमा पुन: चयन गरेको हो। शुक्रबार सर्वोच्च अदालतले नागरिकता विवादमा दोषी ठहर गरेपछि लामिछाने सो पार्टीको सभापतिबाट स्वत: हटेका थिए। पार्टीको केन्द्रीय समिति बैठकले उनलाई पुन: सो पद दिएको हो।

सर्वोच्चको फैसलासँगै उनको सांसद, मन्त्री र पार्टी सभापति पद गुमेको थियो। उनले आइतबार बिहान जिल्ला प्रशासन कार्यालय पुगेर नेपाली नागरिकता पुन: कायम गरेसँगै उनी वसुन्धरास्थित पार्टी मुख्यालय पुगेका थिए।

रवि सभापतिमा नहुन्जेल डोरप्रसाद अर्याल रास्वपाको कार्यवाहक सभापति बनेका थिए। लामिछाने चितवन २ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका हुन्।

प्रकाशित: १५ माघ २०७९ १७:३९

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seventeen + eighteen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast