राष्ट्रपति भण्डारी विजुक्छे निवासमा

हिमाल प्रेस ७ माघ २०७९ २१:२० | Saturday, January 21, 2023
राष्ट्रपति भण्डारी विजुक्छे निवासमा

काठमाडौँ– राष्ट्रपति विद्यादेवी भण्डारी र नेपाल मजदुर किसान पार्टीका नेता नारायणमान विजुक्छेबीच समसामयिक राजनीतिक विषयमा कुराकानी भएको छ। शनिबार चाँगुनारायण मन्दिरको दर्शन गरेर फर्किने क्रममा विजुक्छे निवास भक्तपुर पुगेर राष्ट्रपति भण्डारीले उनीसँग छलफल गरेकी हुन्।

राष्ट्रपतिले विजुक्छेलाई माइतीका रूपमा सम्मान गर्ने उनीनिकट नेताहरू बताउँछन्। भेटका क्रममा भण्डारीले विजुक्छेलाई पत्नी वियोगप्रति समवेदना पनि दिएको जनाइएको छ। अन्य बार भ्रमणमा निस्कँदा प्रोटोकल अपनाउनुपर्ने र जसकारण ट्राफिकजाम भई सर्वसाधारणलाई सास्ती हुने भन्दै राष्ट्रपतिले शनिबार अनौपचारिक भ्रमणमा निस्कने गरेको बताएकी छन्।

दुई साताअघिको शनिबार राष्ट्रपति साझा यातायातको विद्युतीय बस चढेर ललितपुरस्थित मदन पुस्तकालय र पिम्बहाः पुखुको अवलोकन गरेकी थिइन्।

प्रकाशित: ७ माघ २०७९ २१:२० | Saturday, January 21, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

18 + 1 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast