राप्रपाबाट लिङदेन उपप्रधानमन्त्री, अरू को को?

हिमाल प्रेस ३ माघ २०७९ ७:२१ | Tuesday, January 17, 2023
राप्रपाबाट लिङदेन उपप्रधानमन्त्री, अरू को को?

काठमाडौँ- आज विस्तार हुने मन्त्रिपरिषद्‌मा राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा) पनि सहभागी हुने भएको छ। हिजोको उच्च स्तरीय राजनीतिक संयन्त्रको बैठकमा राप्रपालाई उपप्रधानमन्त्रीसहित तीनवटा मन्त्रालय दिने निर्णय गरेको छ।

राप्रपालाई उपप्रधानमन्त्रीसहित ऊर्जा, सहरी विकास र खेलकुद मन्त्रालय दिने निर्णय बैठकले गरेको हो।

पार्टी अध्यक्ष राजेन्द्र लिङ्देन उपप्रधानसहित ऊर्जामन्त्रीका रूपमा सरकारमा जाने स्रोत बताउँछ। सहरी विकास र खेलकुद मन्त्रालयको जिम्मेवारी भने कसलाई दिने टुंगो भइसकेको छैन। राप्रपाले प्रत्यक्ष निर्वाचित सांसदलाई मात्र मन्त्री बनाउने संकेत गरेको छ। सहरी विकास राज्यमन्त्रीमा दीपकबहादुर सिंहको नाम तय भएको छ। बाँकी एक मन्त्रीमा भने धवल शम्सेर जबरा र विक्रम पाण्डेमध्ये एक हुने बताइएको छ।

 

प्रकाशित: ३ माघ २०७९ ७:२१ | Tuesday, January 17, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eight + 14 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast