राजीनामा माग्दै अनेरास्ववियूले जलायो शिक्षामन्त्रीको पुतला

हिमाल प्रेस १३ माघ २०७९ १०:४८ | Friday, January 27, 2023
राजीनामा माग्दै अनेरास्ववियूले जलायो शिक्षामन्त्रीको पुतला

काठमाडौँ- नेकपा एकीकृत समाजवादीनिकट विद्यार्थी संगठन अनेरास्ववियूले शिक्षामन्त्री शिशिर खनालको पुतला दहन गरेको छ।

प्रदर्शनी मार्गस्थित रत्न राज्य (आरआर) क्याम्पस अगाडि आज बिहान अनेरास्ववियूका विद्यार्थी नेताहरूले शिक्षामन्त्री खनालको पुत्ला दहन गरेका हुन्।

उनीहरूले शिक्षामन्त्री खनालले सरकारमा गएर गरेको पहिलो निर्णय नै जनताका लागि अभिशाप भएको आरोप लगाएका छन्।

शिक्षामन्त्री खनालले कक्षा १ देखि ५ सम्मको पाठ्यपुस्तक निजी क्षेत्रलाई छपाइका लागि दिने निर्णय गरेका थिए। अनेराीववियूले शिक्षामन्त्री खनालको राजीनामा समेत मागेको छ। जनक शिक्षा सामाग्री केन्द्र लिमिटेडलाई डुबाएर पुस्तक छपाइको जिम्मा निजीलाई दिएको अनेरास्ववियूको आरोप छ। जनक शिक्षा सामाग्री केन्द्र मास्नेका विरुद्ध एकजुट भएर लड्नुपर्ने अनेरास्ववियूको भनाइ छ।

प्रकाशित: १३ माघ २०७९ १०:४८ | Friday, January 27, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

sixteen + eighteen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast