रवि-बालेनबीच भेटवार्ता, सुकुम्बासी व्यवस्थापनबारे छलफल

हिमाल प्रेस १२ माघ २०७९ २१:०७ | Thursday, January 26, 2023
रवि-बालेनबीच भेटवार्ता, सुकुम्बासी व्यवस्थापनबारे छलफल

काठमाडौँ– उपप्रधान एवम् गृहमन्त्री रवि लामिछाने र काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन)बीच बिहीबार भेटवार्ता भएको छ। उक्त भेटवार्तामा काठमाडौँको सुकुमबासी समस्या समाधानमाथि छलफल भएको बताइएको छ।

यसअघि महानगरले मन्त्रालयलाई थापाथलीको सुकुमबासी बस्ती हटाउन सहयोग मागेको थियो। तर, गृह मन्त्रालयले उनीहरूलाई विकल्प दिएर मात्र बस्ती हटाउन भनेको थियो।

बिहीबारको छलफलमा बस्ती हटाउनका लागि के कस्ता विकल्प अघि सार्न सकिन्छ भन्नेबारे छलफल भएको बताइएको छ। सोही विषयमा छलफलका लागि बालेन लामिछाने भेट्न सिंहदरबारस्थित मन्त्रालय पुगेका थिए।

प्रकाशित: १२ माघ २०७९ २१:०७ | Thursday, January 26, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four + 8 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast