युवा संघको महाधिवेशन चैतमा

हिमाल प्रेस ६ माघ २०७९ ७:५४ | Friday, January 20, 2023
युवा संघको महाधिवेशन चैतमा

काठमाडौँ- नेकपा एमाले निकट राष्ट्रिय युवा संघको नवौँ राष्ट्रिय महाधिवेशन आगामी चैतमा हुने भएको छ।
युवा संघको बिहीबार बसेको पदाधिकारी बैठकले आगामी चैत २७ देखि २९ गतेसम्म बाँकेको नेपालगञ्जमा महाधिवेश गर्ने निर्णय गरेको हो।

यसअघि युवा संघको आठौँ राष्ट्रिय महाविधेशन विसं २०६९ मा बुटवलमा भएको थियो। त्यसयता सहमतिको आधारमा पार्टीले युवा संघको केन्द्रीय कमिटी बनाउँदै आएको थियो।

बुटवलमा भएको महाधिवेशनमा महेश बस्नेत अध्यक्षमा निर्वाचित भएका थिए। त्यसपछि सहमतिको आधारमा निरु पाल, राजिव पहारी, रमेश पौडेल र बचनबहादुर सिंह युवा संघको अध्यक्ष भए।

महाधिवेशनका लागि आगामी फागुन महिनाभित्र जिल्ला, पालिका र वडास्तरको अधिवेशन गर्ने निर्णय गरेको संघको अध्यक्ष किरण पौडेलले जानकारी दिए।

महाधिवेशनका लागि अध्यक्ष पौडेलको संयोजकत्वमा महाविधेशन मूल व्यवस्थापन समिति गठन गरिएको छ।

प्रकाशित: ६ माघ २०७९ ७:५४ | Friday, January 20, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twenty − 12 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast