काठमाडौँ– युरोपियन युनियन र स्विट्जरल्यान्डका राजदूतले बुधबार प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग छुट्टाछुट्टै भेटवार्ता गरेका छन्।
नेपालका लागि युरोपियन युनियन राजदूत नोना डेप्रेज र स्विट्जरल्यान्डकी राजदूत एलिजाबेथ भोन क्याप्लरले शिष्टाचार भेट गरेका हुन्।
भेटमा द्विपक्षीय आपसी हित र विभिन्न विकास सहकार्यका विषयमा छलफल भएको थियो।

प्रकाशित: २० पुष २०७९ ११:५० | Wednesday, January 4, 2023
प्रतिक्रिया




