युक्रेनी सहर सोलेदार कब्जा गरेको रुसको दाबी

हिमाल प्रेस ३० पुष २०७९ ६:१५ | Saturday, January 14, 2023
युक्रेनी सहर सोलेदार कब्जा गरेको रुसको दाबी

मस्को– रुसले पूर्वी युक्रेनी सहर सोलेदारलाई आफ्नो नियन्त्रणमा लिएको दाबी गरेको छ। आफ्नो सेनाले बिहीबार उक्त सहरलाई आफ्नो कब्जामा लिएको क्रेमलिनले दाबी गरेको हो। युद्ध मैदानमा महिनौँको असफलतापछि आफ्नो यो पहिलो विजय भएको पनि उसले बताएको छ।

‘सोलेदार सहरको मुक्ति पूरा भयो, यसले डोनेट्स्क क्षेत्रमा आक्रमक कारबाहीलाई थप सफल तुल्याउन मार्ग प्रशस्त गर्नेछ,’ रुसी रक्षा मन्त्रालयले शुक्रबार एक वक्तव्यमा भनेको छ। युक्रेनले रुसी दाबीलाई अस्वीकार गर्दै युद्धको केन्द्रबिन्दु बनेको उक्त सहरमा ‘गम्भीर संघर्ष’जारी रहेको बताएको छ।

युक्रेनी सशस्त्र सेनाले कठिन परिस्थितिमा पनि स्थितिलाई नियन्त्रणमा राखेको सेनाको पूर्वी समूहका प्रवक्ता सर्गी चेरेभाटीले बताएका छन्। उक्त सहरमा दुवै पक्षले भारी क्षति भएको स्वीकार गरेका छन्। युद्ध मैदानमा बारम्बार अपमान झेलेपछि आक्रामक बनेको मस्कोलाई उक्त स्थानमा पराजित गरेरै छाड्ने दृढताका साथ युक्रेन अघि बढरहेको छ।

राष्ट्रसंघीय सुरक्षा परिषद्ले युक्रेन युद्धबारे छलफल गर्न बैठकको तयारी गरिरहेको बेला सार्वजनकि भएको रुसी दाबीले परिस्थितिलाई अझ जटिल बनाउने ठानिएको छ। रुसले सोलेदारमाथि कब्जा जमाउन आफ्नो मुख्य सैन्य मोर्चालाई डोनेट्स्क सारेको जनाउँदै युक्रेनका उपरक्षा मन्त्री गन्ना मल्यारले दुवै देश युद्धको कठिन चरणमा पुगेका केही समयअघि बताइसकेका छन्।

प्रकाशित: ३० पुष २०७९ ६:१५ | Saturday, January 14, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one × one =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast