काठमाडौँ- अभिनेता अनमोल केसी मुख्य भूमिकामा रहेको फिल्म ‘छड्के २.०’का टिजर सार्वजनिक भएको छ।
१ मिनेट ४६ सेकेन्ड लामो टिजरमा अनमोल ग्याङस्टरको भूमिकामा देखिएका छन्। उनका प्रतिद्वन्द्वी छन्, रोविन तामाङ। रोयल मनाङ ग्याङ, बारुलाज ग्याङ र ग्रिन ग्याङको लडाइँको कथा टिजरमा देख्न सकिन्छ।
फिल्म फागुन १९ (मार्च ३) मा प्रदर्शनमा आउनेछ। निगम श्रेष्ठको निर्देशन रहेको फिल्ममा अनमोलसँगै रोविन तामाङ, कमलमणि नेपाल, रेशा आले मगर, निगम श्रेष्ठलगायत कलाकारको अभिनय छ।
प्रकाशित: १३ माघ २०७९ १५:०४ | Friday, January 27, 2023
प्रतिक्रिया



