काठमाडौँ- गायक खुमन अधिकारी र गायिका शान्तिश्री परियारको स्वरमा ‘स्वार्थी माया’ बोलको गीत सार्वजनिक भएको छ।
गीतमा खुमन र शान्तिश्रीलाई राजन बस्नेत, घनश्याम क्षेत्री, प्रेम राना, रूपी सिजालीमगरले साथ दिएका छन्। खुमनकै संगीत रहेको गीतका विक्रमबाबु विश्वकर्माको शब्द छ।
म्युजिक भिडियोमा मायाको नाममा स्वार्थपन देखाउनेबाट जोगिनुपर्ने देखाइएको छ। गायत्री थापाको निर्देशन रहेको म्युजिक भिडियोमा खुमन अधिकारी, अन्जली अधिकारी र अभिषेक खड्काको अभिनय छ।
प्रकाशित: ६ माघ २०७९ १७:४२ | Friday, January 20, 2023
प्रतिक्रिया





