यस्तो छ आजको मौसम

हिमाल प्रेस ३ माघ २०७९ ७:०५ | Tuesday, January 17, 2023
यस्तो छ आजको मौसम

काठमाडौँ- हाल देशका पहाडी भेगमा आंशिकदेखि सामान्य बदलीरही बाँकी स्थानमा मौसम सामान्यतया सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार यतिबेला देशको तराई क्षेत्रका केही स्थानमा हुस्सु र कुहिरो लागेको छ।

महाशाखाकी मौसमविद् प्रतिभा मानन्धरका अनुसार आकाशमा बादल लागेका बेला हुस्सुरकुहिरो धेरै बेर रहँदैन।

महाशाखाले आज बिहान ६ बजे जारी गरेको मौसम पूर्वानुमान बुलेटिनअनुसार दिउँसो सुदूरपश्चिम, कर्णाली, गण्डकी र प्रदेश १ का पहाडी भेगमा आंशिकदेखि सामान्य बदली रही बाँकी स्थानमा मौसम सामान्यतया सफा रहनेछ। यस क्रममा सुदूरपश्चिम, कर्णाली, गण्डकी प्रदेश र प्रदेश १ को उच्च पहाडी तथा हिमाली भूभागका एक वा दुई स्थानमा हल्का हिमपातको सम्भावना छ।

बुलेटिनअनुसार राति देशका पहाडी भेगमा आंशिकदेखि सामान्य बदली रही बाँकी स्थानमा आंशिक बदली रहनेछ। यस क्रममा सुदूरपश्चिम, कर्णाली, गण्डकी प्रदेश र प्रदेश १ का उच्च पहाडी तथा हिमाली भेगका एक वा दुई स्थानमा हल्का हिमपातको सम्भावना छ।

महाशाखाले आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श पनि जारी गरेको छ।

प्रकाशित: ३ माघ २०७९ ७:०५ | Tuesday, January 17, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 × 5 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast