एसईई चैत १७ गतेदेखि [समयतालिका सहित]

हिमाल प्रेस १४ माघ २०७९ ८:३७ | Saturday, January 28, 2023
एसईई चैत १७ गतेदेखि [समयतालिका सहित]

काठमाडौँ- यसवर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) चैत १७ देखि २९ गतेसम्म हुने भएको छ। राष्ट्रिय परीक्षा बोर्डले परीक्षाको तालिका सार्वजनिक गरेको छ।

तालिका अनुसार चैत १७ गते शुक्रबार अनिवार्य अंग्रेजी विषयको परीक्षा हुने छ। त्यही दिन वेदविद्याश्रमतर्फ अनिवार्य संस्कृत भाषा र साहित्यको पनि परीक्षा हुनेछ। चैत १९ गते अनिवार्य गणित र २० गते अनिवार्य नेपालीको परीक्षा हुनेछ।

अन्तिम दिन २९ गते प्राविधिक धारतर्फको परीक्षा हुने तालिका छ।

प्रकाशित: १४ माघ २०७९ ८:३७ | Saturday, January 28, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

20 + 4 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast