यती एयरलाइन्स दुर्घटना : पोखराबाट ल्याइएका ४८ शव परीक्षण गर्न सुरु

हिमाल प्रेस ४ माघ २०७९ ९:२१ | Wednesday, January 18, 2023
यती एयरलाइन्स दुर्घटना : पोखराबाट ल्याइएका ४८ शव परीक्षण गर्न सुरु २०७९ माघमा पोखरामा भएको विमान दुर्घटना। काठमाडौँदेखि पोखराका लागि उडेको यति एयरको विमानमा ७२ यात्रु सवार थिए। फाइल तस्बिर

काठमाडौँ– गत माघ १ मा काठमाडौँबाट पोखरातर्फ उडेको यती एयरलाइन्सको नाइन एन–एएनसी–एटीआर–७२–५०० विमान दुर्घटनामा परेर मृत्यु भएकामध्ये ४८ जनाको शव काठमाडौँ ल्याएर परीक्षण गर्न थालिएको छ ।

नेपाली सेनाको दुई हेलिकोप्टरमार्फत मंगलबार दिउँसो काठमाडौँ ल्याइएका शव केहीबेर अघिदेखि त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगञ्जमा परीक्षण गर्न थालिएको यती एयरलाइन्सले जनाएको छ।

मृतकका परिवार र आफन्तजनलाई ‘काउन्सिलिङ’ गर्ने काम मंगलबार सकिएपछि आज बिहानैदेखि शव परीक्षण सुरु गरिएको सो अस्पतालले जनाएको छ। कतिपयको शव पहिचानसमेत हुन नसकेकाले डीएनएका आधारमा पहिचान गरेर परीक्षणपश्चात एकैपटक मृतकका परिवार तथा आफन्तलाई हस्तान्तरण गरिने बताइएको छ।

चालकदलका सदस्यसहित ७२ जना सवार उक्त विमान दुर्घटनामा परेका ७१ जनाको शव भेटिएको बाँकी एक व्यक्ति अझै बेपत्ता रहेकाले खोजीकार्य जारी रहेको यती एयरलाइन्सले जनाएको छ।

प्रकाशित: ४ माघ २०७९ ९:२१ | Wednesday, January 18, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

7 + three =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast