मौलिक अधिकारलाई व्यवहारमा उतार्ने ऐन चाँडै बनाउँछौँ : प्रधानमन्त्री

हिमाल प्रेस १५ माघ २०७९ १२:२१ | Sunday, January 29, 2023
मौलिक अधिकारलाई व्यवहारमा उतार्ने ऐन चाँडै बनाउँछौँ : प्रधानमन्त्री

काठमाडौँ- प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नागरिकका मौलिक अधिकारलाई व्यवहारमा उतार्न आवश्यक ऐन बन्न नसक्नु दुःखद् भएको बताएका छन्।

आइतबार शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रको २७ औं वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै उनले मौलिक अधिकारलाई जीवन, व्यवहारमा उतार्न ऐन निर्माण प्रक्रियालाई यथाशीघ्र अघि बढाउने प्रतिबद्धता जनाएका छन्।

‘यो पटक सातै प्रदेशमा विशेष अस्पतालहरूको निर्माण मार्फत र मुटु रोगसँग सम्बन्धित उपचारलाई पनि सातै प्रदेशका अस्पतालसँग जोड्ने कुरालाई मैले उच्च प्राथमिकतामा राखेको छु,’ उनले भने।

उनले उनले गंगालाल अस्पताललाई शैक्षिक केन्द्रको रूपमा विकास गर्न आफ्नो सहयोग रहने प्रतिबद्धता जनाएका छन्। ‘यसलाई शैक्षिक प्रतिष्ठानको रूपमा विकसित गर्न जरुरी भनिएको छ, प्रक्रियागत र व्यवहारिक जटिलता के कति छन् भन्नेकुरा मलाई सबै अध्ययन गर्नुपर्छ,’ उनले भने। उनले कर्मचारीतन्त्रलाई व्यवस्थित गर्ने कुरामा पनि सरकारले जोड दिने बताए।

प्रकाशित: १५ माघ २०७९ १२:२१ | Sunday, January 29, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

14 + 18 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast