सांकेतिक तस्बिर।
                                            बारा- बारामा सवारी दुर्घटनामा एक पुरुषको मृत्यु भएको छ। बारा कलैया उपमहानगरपालिका–१४ लक्ष्मीनियास्थित सडकमा म प्र–०३–०२५ प ३९५८ नम्बरको मोटरसाइकल अनियन्त्रित हुँदा चालक कलैया उपमहानगरपालिका–१४ जितपुर बस्ने ३५ वर्षीय अरुन चौधरीको मृत्यु भएको छ।
सोहीअनुसार बागलुङ नगरपालिका–८ सिगानास्थित सडकमा बा।२ क ९२५८ नम्बरको टिपर सडकबाट करिब २ सय मिटर तल खसेर बुधबार बिहान दुर्घटना हुँदा चालक मकवानपुर हेटौंडा उपमहानगरपालिका–१४ बस्ने ४३ वर्षीय राजु मोक्तानको घटनास्थलमै मृत्यु भएको छ।
दुर्घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।
                            प्रकाशित: ५ माघ  २०७९ ८:२३ 
                        
                        
                    
                        प्रतिक्रिया
                        
		
	
                    
                    
                                             
                                             
                                             
                                             
                                             
                                             

