‘मैले देशमा सपना देख्‍न पाउने कि नपाउने?’

हिमाल प्रेस १२ माघ २०७९ १५:१३ | Thursday, January 26, 2023
‘मैले देशमा सपना देख्‍न पाउने कि नपाउने?’

काठमाडौँ- संसद् भवन अगाडि आत्मदाह गरेका प्रेमप्रसाद आचार्यको परिवारलाई न्याय दिनुपर्ने माग गर्दै बिहीबार काठमाडौँमा प्रदर्शन गरिएको छ। आचार्यले उठान गरेका विषयहरूलाई राज्यले सम्बोधन गर्नुपर्ने र उनको परिवारलाई न्याय दिनुपर्ने भन्दै युवाहरूले माइतीघर मण्डलमा प्रदर्शन गरेका हुन्।

प्रदर्शनमा सहभागी युवाहरूले ‘अर्को जल्दो शरीर मेरो नहोस्, गरिखाने कि मरिजाने, मैले यो देशमा सपना देख्न पाउने कि नपाउने?, यो सदन कसका लागि, उद्यमशील नेपाल नारा मात्र हो सरकार ? ’ लगायत लेखिएका प्लेकार्ड प्रदर्शन गरेका थिए।

बुधबार बसेको मन्त्रिपरिषद् बैठकले आचार्यले उठाएका विषयमा छानबिन गर्ने र छानबिनको निष्कर्षपछि आवश्यक कदम चाल्ने निर्णय गरेको छ।

इलामका व्यवसायी आचार्यले मंगलबार नयाँ बानेश्वरस्थित मूल सडकमा शरीरमा आगो लगाएर आत्मदाहको प्रयास गरेका थिए। त्यसपछि उनलाई उद्धार गरी कीर्तिपुरस्थित बर्न अस्पतालमा लगिएको पनि उपचारका क्रममा बुधबार निधन भएको थियो।

प्रकाशित: १२ माघ २०७९ १५:१३ | Thursday, January 26, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

10 + 10 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast