काठमाडौँ- काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाह प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई भेट्न बालुवाटार पुगेका छन्। बालेन र प्रचण्डबीच अहिले भेटवार्ता चलिरहेको छ।
बालेनले काठमाडौँको सुकुम्बासी समस्या समाधानको निम्ति संघीय सरकारको ध्यानाकर्षणका लागि बालुवाटार पुगेको बताइएको छ।
महानगरले सुकुम्बासी हटाउन खोज्दा सर्वसाधारणले अवरोध गरेका थिए। योसँगै बालेनले संघको सहयोग माग्न बालुवाटार पुगेका हुन्।
प्रकाशित: १६ माघ २०७९ ९:०५ | Monday, January 30, 2023
प्रतिक्रिया




