मुक्तिनाथ विकास बैंकको ‘आत्मनिर्भर ग्रिन प्रोजेक्ट’

हिमाल प्रेस २६ पुष २०७९ १७:४० | Tuesday, January 10, 2023
मुक्तिनाथ विकास बैंकको ‘आत्मनिर्भर ग्रिन प्रोजेक्ट’

काठमाडौँ- मुक्तिनाथ विकास बैंक लिमिटेडले ‘मुक्तिनाथ आत्मनिर्भर ग्रिन प्रोजेक्ट’ अभियान सञ्चालन गरेको छ।

यस अभियानअन्तर्गत बैंकले विभिन्न अनाथालय तथा वृद्धाश्रम छनोट गरी थोपा सिँचाइ, करेसाबारीको निर्माण, तरकारीको बीउ तथा कुहिने फोहोर व्यवस्थापनका लागि डिकम्पोजर हस्तान्तरण गरेको छ।

दैनिकरूपमा आवश्यक पर्ने तरकारी तथा मल थोरै परिमाणमा भए पनि आश्रमभित्रै उत्पादन गरी आत्मनिर्भरता र संलग्नताको लागि प्रोत्साहन गर्न बैंकले यो अभियानको सुरुवात गरेको जनाएको छ।

यसबाट संस्थामा बस्नेले कृषि र फोहोर व्यवस्थापनबारे जागरुक हुने बैंकले विश्वास लिएको छ।

प्रकाशित: २६ पुष २०७९ १७:४० | Tuesday, January 10, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two − 1 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast