मावि शिक्षकको विज्ञापन संशाेधन

हिमाल प्रेस १६ माघ २०७९ १६:२० | Monday, January 30, 2023
मावि शिक्षकको विज्ञापन संशाेधन

काठमाडौँ- शिक्षक सेवा आयोगले माध्यमिक तह, तृतीय श्रेणी, शिक्षक पदको प्रतियोगितात्मक परीक्षाको विज्ञापनमा संशाेधन गरेको छ।

आयोगले सामुदायिक विद्यालयको माध्यमिक तह तृतीय श्रेणी शिक्षक पदमा खुला तथा समावेशी प्रतियोगितात्मक परीक्षाबाट स्थायी शिक्षक पदपूर्तिका लागि गरेको विज्ञापनमा शिक्षा तथा मानवस्रोत विकास केन्द्रले विवरण थपघट गरेकाले संसोधन गरिएको जनाएको हो।

आयोगले परीक्षाको लागि विषयगत रुपमा नेपाली विषयमा ७ वटै प्रदेशमा खुलाएको १११ जनाको दरवन्दीमा १३ जना थप गरेर १२४ जना, अंग्रेजीमा ५९ जनामा १० जना थप गरेर ६९ जना, गणित २०८ जनामा ५ जना थप गरेर २१३, विज्ञानमा १९१मा २ थप गरेर १९३, सामाजिक अध्ययन ५४ मा ४ थप गरेर ५९ पुर्‍याएकाे छ।

अर्थशास्त्र ८, कार्यालय सञ्चालन तथा लेखा १५, संस्कृति व्याकरण ३ जना पुरानै कायम गरिएको छ। संस्कृत भाषा भने २ जना शिक्षक कटौटि गरेर ५ जनाका लागि मात्र आवेदन खुल्ने भएको छ। यस्तै शिक्षा, स्वास्थ्य, शुक्लयजुर्वेद, कम्प्युटर विज्ञान, संस्कृत साहित्यमा १–१ जना शिक्षक पदका लागि खुलाएको विज्ञापन यथावत राखिएको छ।

माध्यमिक तह शिक्षकको विज्ञापनमा आवेदन दिन माघ २४ गतेसम्म सिङ्गल दस्तुर र त्यसको एक साता पछि सम्म दोब्बर दस्तुर तिरेर फारम बुझाउन सकिने आयोगले जनाएको छ।

आयोगले चैत १८ गते दिनको १ बजे लिखित परीक्षा सञ्चालन गर्ने सूचनामा उल्लेख गरेको छ। दरखास्त दिने अन्तिम मितिसम्म १८ बर्ष उमेर पुरा भई ४० बर्ष ननाघेको हुनुपर्नेछ।

प्रकाशित: १६ माघ २०७९ १६:२० | Monday, January 30, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two × four =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast