मानवीय क्षतिप्रति स्तब्ध छौँ : यती एयरलाइन्स

हिमाल प्रेस २ माघ २०७९ १५:१४ | Monday, January 16, 2023
मानवीय क्षतिप्रति स्तब्ध छौँ : यती एयरलाइन्स

काठमाडौँ- यती एयरलाइन्सले आइतबार पोखरामा भएको विमान दुर्घटनामा भएको मानवीय क्षतिप्रति स्तब्ध भएको जनाएको छ।

एयरलाइन्सले आज (सोमबार) एक सूचना जारी गरी काठमाडौँबाट पोखरातर्फ उडेको यती एयरलाइन्सको (एन-एएनसी एटटीआर-७२-५०) वायुयान सेती नदीको खोँचमा दुर्घटनाग्रस्त हुँदा भएको मानवीय क्षतिप्रति स्तब्ध भएको जनाएको हो।

सो एयरलाइन्सले अकल्पनीय दुर्घटनामा परी दिवंगत भएकाप्रति श्रद्धाञ्जली अर्पण गरेको छ। साथै शोकाकुल परिवारजनप्रति समवेदना प्रकट गरेको छ।

प्रकाशित: २ माघ २०७९ १५:१४ | Monday, January 16, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

9 − seven =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast