काठमाडौँ- माछापुच्छ्रे बैंक लिमिटेडले उदयपुरको सिद्धवती माध्यमिक विद्यालय खाँबुमा अध्ययनरत विद्यार्थीलाई न्यानो कपडा वितरण गरेको छ।
सामाजिक उत्तरदायित्वअन्तर्गत बैंकले २६५ जना बालबालिकालाई एकएक थान स्वीटर दिएको हो।
यसैगरी पर्साको जगन्नाथपुर गाउँपालिकामा रहेको जामिया कुलफा मदरसामा बैंकले ४० थान ब्ल्यांकेट हस्तान्तरण गरेको छ।
माछापुच्छ्रे बैंकका देशभर १६५ शाखा कार्यालय, ११ वटा एक्सटेन्सन काउन्टर, १५७ वटा शाखारहित बैंकिङ एकाइ र २०६ वटा एटीएम छन्।
प्रकाशित: १६ माघ २०७९ १२:५१ | Monday, January 30, 2023
प्रतिक्रिया



