काठमाडौँ- नेकपा माओवादी केन्द्रबाट मन्त्री हुने सांसदको नाम टुंगो लागेको छ।
माओवादीबाट सूचना, सञ्चार तथा प्रविधिमन्त्रीमा रेखा शर्मा, संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्रीमा ।
सुदन किराँती र संघीय मामिला तथा सामान्य प्रशासनमन्त्रीमा अमनलाल मोदी मन्त्री हुने भएका छन्। माओवादीबाटै संस्कृति, पर्यटन तथा नागरिक उड्डडन राज्यमन्त्रीमा सुशीला श्रीपाली नियुक्त हुने छन्।
यसअघि माओवादी केन्द्रबाट नारायणकाजी श्रेष्ठ उपप्रधान एवं भौतिक पूर्वाधार तथा यातायात मन्त्री बनिसकेका छन्।
प्रकाशित: ३ माघ २०७९ ११:५१ | Tuesday, January 17, 2023
प्रतिक्रिया



