फाइल तस्बिर
काठमाडौँ- नेकपा माओवादी केन्द्रको स्थायी समिति बैठक सोमबार पनि बस्दैछ। माघ १२ गतेदेखि सुरु भएको स्थायी समिति बैठक सोमबार पनि बस्न लागेको हो।
पार्टी कार्यालय पेरिसडाँडामा बस्ने बैठकले राष्ट्रपति चयनबारे पार्टीको धारणासहित विविध विषयमा निर्णय लिइने बताइएको छ।
माओवादीको बैठकमा बोल्ने अधिकांश नेताहरुले राष्ट्रिय सहमतिमा राष्ट्रपति चयन हुनुपर्नेमा जोड दिँदै आएको छ ।
प्रकाशित: १६ माघ २०७९ ८:२२ | Monday, January 30, 2023
प्रतिक्रिया



