 
                             
                                            काठमाडौँ- नेपालमा राफ्ट विद्युतीय स्कुटरको बिक्री गर्दै आइरहेको आइएमई इलेक्ट्रिक प्रालिले महारजगञ्जमा नयाँ डिलर सुरु गरेको छ।
नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ र आइएमई ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकालले बुधबार नयाँ डिलरको रूपमा गरिमा अटो कन्सर्नको उद्घाटन गरेका हुन्।
राफ्ट स्कुटरमा फायरप्रुफ ब्याट्री, रिभर्स गियर, हाइट एडजसटेबल सोक्क अब्सोर्बर, मल्टी मोड्स अफ ड्राईभिङलगायत विशेषता छन्। त्यस्तै छिटो चार्ज हुने १० एम्प चार्जर, कि लेस स्टार्ट, डीआरएल हेडलाइट, थेफ्ट अलार्म, डिजिटल डिस्प्ले, रिमोट लकिङ, अटोमेटिक चार्जर कट–अफ, इन्डिकेटर बज्जर, रिजेनेरेटिभ ब्रेकिङ सिस्टमलगायत विशेषता छन्।
उद्घाटन कार्यक्रममा कार्यकारी निर्देशक घिसिङले मुलुकमै प्रशस्त उत्पादन भइरहेको विद्युतको प्रयोगमा सघाउने यस्ता साधनको प्रयोग बढाउनुपर्ने बताए। उनले भने, ‘आइएमईजस्ता ठूला व्यापारिक समूहले यसमा झन् ठूलो भूमिका खेल्न सक्छन्।’
ग्रुप अध्यक्ष ढकालले नेपाल भित्र्याएको तीन महिनाभित्रै सयभन्दा बढी राफ्ट स्कुटर बिक्री भएको बताए। उनले भने, ‘हामीले उत्पादन बिक्री मात्रै गरेका छैनौँ, पेट्रोलको आयात घटाएर व्यापार घाटा कम गर्न र वातावरण स्वच्छ राख्न मद्दत पनि गरेका छौँ।’

 हिमाल प्रेस
                     हिमाल प्रेस                     
                                              
                                              
                                              
                                              
                                              
                                             


 
  
  
  
  
  
  
  
  
  
 