मलेसियामा अलपत्र परेका ६ नेपाली आज स्वदेश फर्किँदै

हिमाल प्रेस २६ पुष २०७९ ८:५२ | Tuesday, January 10, 2023
मलेसियामा अलपत्र परेका ६ नेपाली आज स्वदेश फर्किँदै

काठमाडौँ- मलेसियामा अलपत्र परेका १३ जनामध्ये ६ जना मंगलबार स्वदेश फर्किँदैछन्। क्वालालम्पुरस्थित नेपाली दूतावासको सहयोगमा उनीहरू नेपाल फर्किन लागेका हुन्।

परराष्ट्र मन्त्रालयका अनुसार पिआरएस फोरेस्ट म्यानेजमेन्ट (एम) एसडीएन बिएचडीमा काम गर्ने गएका १३ नेपाली अलपत्र परेका थिए। बाँकी ७ जना भने शुक्रबार फर्किने मन्त्रालयले जनाएको छ।
मलेसियाको पीआरएस फरेस्ट म्यानेजमेन्ट नामक कम्पनीमा कार्यरत उनीहरुलाई विगत एकसातादेखि बन्धक बनाइएको समाचार सार्वजनिक भएको थियो।

समाचार बाहिरिएपछि हिजो प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बन्धक बनाइएका र अन्य समस्यामा परेका नेपालीहरुको अवस्था बुझि तत्काल रिहाइ तथा उद्दारको पहल गर्न मुख्यसचिव शंकरदास बैरागीलाई निर्देशन दिएका थिए।

प्रकाशित: २६ पुष २०७९ ८:५२ | Tuesday, January 10, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

thirteen + fourteen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast