फाइल तस्बिर।
काठमाडौँ– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपाली कांग्रेसले आफूलाई लोकतान्त्रिक पार्टी भन्न नसुहाउने बताएका छन्। बागमती प्रदेशका कांग्रेसका एक सांसदले दुई वर्षअघि ओलीप्रति मार्ने धम्की दिएको प्रशंग निकाल्दै ओलीले यस्तो बताएका हुन्।
एमालेका नवनिर्वाचित सांसदहरूलाई प्रशिक्षण दिन आयोजित सभामालाई सम्बोधन गर्दै ओलीले कांग्रेसमा लोकतान्त्रिक चरित्र नै नभएको उनले बताए।
‘केपी ओलीलाई मार्नुपर्छ। उनलाई मार्न कोही तयार छैन भने म आफैं मार्छु भनेका होइनन् कांग्रेसका सांसदले? त्यस्ता सांसद भएको पार्टी लोकतान्त्रिक कसरी हुन्छ?,’ उनले भने।
प्रकाशित: २३ पुष २०७९ १४:१५
प्रतिक्रिया



