मन्त्री किरातीले सहयोगका लागि राखेको सहयोग पेटिकामा तीन लाख संकलन

हिमाल प्रेस ९ माघ २०७९ १३:५४ | Monday, January 23, 2023
मन्त्री किरातीले सहयोगका लागि राखेको सहयोग पेटिकामा तीन लाख संकलन

काठमाडौँ- संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा राखिएको सहयोग पेटिकामा करिब तीन लाख रुपैयाँ जम्मा भएको छ।

मन्त्री सुदन किरातीले मन्त्रीको पदभार ग्रहण गरेकै दिनदेखि खादा, माला र बुकेको प्रयोग नगर्ने घोषणा गर्दै त्यसको सट्टा सहयोग रकम संकलन गरी दुर्गम क्षेत्रको शिक्षालाई सहयोग गर्ने घोषणासहित उक्त सहयोग पेटिका राखेका थिए।

मन्त्रालयमा राखिएको उक्त सहयोग पेटिकामा हालसम्म अनुमानित तीन लाख रुपैयाँ जम्मा भइसकेको मन्त्री किरातीका प्रेस संयोजक राजन राईले जानकारी दिए। उक्त रकम दुर्गम क्षेत्रको शिक्षा क्षेत्रमा सहयोग गरिने मन्त्री किरातीले बताए।

 

 

 

 

 

 

 

प्रकाशित: ९ माघ २०७९ १३:५४ | Monday, January 23, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one × three =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast