काठमाडौँ- मन्त्रिपरिषद्को बैठक सुरु भएको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बैठक सुरु भएको हो।
चार बजेको लागि डाकिएको बैठक केही ढिला गरी सुरु भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। आजको बैठकमा निर्वाचन आयोगले तोकेको राष्ट्रपति तथा उपराष्ट्रपतिको निर्वाचनबारे छलफल हुने छ।
फागुन २५ गते बिहीबार राष्ट्रपतिको निर्वाचन मिति तोकिएको छ।
प्रकाशित: १६ माघ २०७९ १६:५७ | Monday, January 30, 2023
प्रतिक्रिया




