मन्त्रिपरिषद्को निर्णय : सञ्चारमन्त्री शर्मा बनिन् सरकारको प्रवक्ता

हिमाल प्रेस ४ माघ २०७९ १८:३० | Wednesday, January 18, 2023
मन्त्रिपरिषद्को निर्णय : सञ्चारमन्त्री शर्मा बनिन् सरकारको प्रवक्ता

काठमाडौँ- सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्मालाई सरकारको प्रवक्ताको जिम्मेवारी दिइएको छ। बुधबार सिंहदरवारस्थित प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयमा बसेको मन्त्रीपरिषद्को बैठकले शर्मालाई नेपाल सरकारको प्रवक्ताको जिम्मेवारी दिने औंपचारिक निर्णय गरेको अर्थमन्त्री विष्णु पौडेलले जानकारी दिए।

त्यसैगरी बैठकले सरकारको नीतिगत प्राथमिकता र न्यूनतम कार्यक्रम कार्यान्वयनका लागि एक हप्ताभित्र कार्ययोजना निर्माण गरी मन्त्रीपरिषद् बैठकमा पेस गर्न पनि सम्बन्धित मन्त्रालयलाई निर्देशन दिएको छ। मन्त्रीपरिषद्‌मा पेस भएको कार्ययोजना पारित भएपछि त्यसलाई कार्यान्वयमा लैजाने गरी सो निर्देशन दिइएको पनि उपप्रधानमन्त्री पौडेलले बताए।

मन्त्रीपरिषद् बैठकले नेपाल सरकारले प्रदान गर्ने विभुषणको स्पष्ट मापदण्ड तय गर्नका लागि समिति बनाउने निष्कर्ष पनि निकालेको छ। मन्त्रीपरिषद बैठकले विश्वविद्यालय अनुदान आयोगको अध्यक्षमा प्राध्यापक डाक्टर देवराज अधिकारीलाई नियुक्त गर्ने निर्णय पनि गरेको छ।

त्यसैगरी बैठकले प्रतिक्‍विन्टल उखुको मूल्य ५४० रुपैँया तोकेको छ। र, सरकारले व्यहोर्ने ढुवानी भाडा ७० रुपैयाँ निर्धारण गरिएको छ। ‘आजको बैठकले उखुको मूल्य प्रति क्‍विन्टल ५४० रुपैयाँ र सरकारले व्यहोर्ने ढुवानी भाँडा ७० रुपैयाँ यो निर्धारण गरेको छ,’ उनले भने।

मन्त्रीपरिषद् बैठकले ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका सचिव केशव शर्मालाई भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र सो मन्त्रालयका सचिव गोपाल सिग्देललाई ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयमा स्थानान्तरण गर्ने निर्णय पनि गरेको छ।

प्रकाशित: ४ माघ २०७९ १८:३० | Wednesday, January 18, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

19 + fourteen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast