मन्त्रिपरिषद्को आकस्मिक बैठक आह्वान

हिमाल प्रेस १ माघ २०७९ १२:१४ | Sunday, January 15, 2023
मन्त्रिपरिषद्को आकस्मिक बैठक आह्वान फाइल तस्बिर।

काठमाडौँ– प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मन्त्रिपरिषद्को आकस्मिक बैठक बोलाएका छन्।

काठमाडौँबाट पोखराका लागि उडेको यति एयरलाइन्सको विमान दुर्घटनाप्रति दुःख व्यक्त गर्दै प्रधानमन्त्री प्रचण्डले आकस्मिक बैठक बोलाएका हुन्।

प्रधानमन्त्रीले प्रभावकारी उद्दारमा लाग्न गृह मन्त्रालय, सुरक्षाकर्मीलगायतलाई निर्देशनसमेत दिएका छन्। दुर्घटनाबारे थप विवरण बुझ्न प्रधानमन्त्री त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलतर्फ प्रस्थान गरेका छन्।

प्रकाशित: १ माघ २०७९ १२:१४ | Sunday, January 15, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eleven − 8 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast