जनकपुरधाम- मधेश प्रदेशसभाको आजका लागि निर्धारित बैठक स्थगित गरिएको छ। देशमा राष्ट्रिय शोक घोषणा भएकाले प्रदेशसभाको बैठक रोकिएको हो।
आज प्रदेशसभामा सभामुख पदका लागि मतदान र मुख्यमन्त्री सरोजकुमार यादवले विश्वासको मत लिने कार्यसूची थियो। बैठक भोलि बस्नेछ।
सभामुखका लागि सत्ता गठबन्धनका तर्फबाट नेकपा एमालेका प्रदेशसभा सदस्य रामचन्द्र मण्डल र नेपाली कांग्रेसका जंगीलाल रायले उमेदवारी दिएका छन्।
                            प्रकाशित: २ माघ  २०७९ ९:०१ 
                        
                        
                    
                        प्रतिक्रिया
                        
		
	
                    
                    
                                             
                                             
                                             
                                             
                                             
                                             

