मधेश प्रदेशको मुख्यमन्त्रीमा सरोज यादव नियुक्त

हिमाल प्रेस २७ पुष २०७९ १२:५९ | Wednesday, January 11, 2023
मधेश प्रदेशको मुख्यमन्त्रीमा सरोज यादव नियुक्त फाइल तस्बिर।

जनकपुरधाम- जनता समाजवादी पार्टी (जसपा) नेपालका नेता सरोजकुमार यादव मधेश प्रदेशको मुख्यमन्त्री पदमा नियुक्त भएका छन्। मधेश प्रदेशका प्रदेश प्रमुख हरिशंकर मिश्रले यादवलाई मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् ।

प्रदेश प्रमुख मिश्रले पुस २८ गते ४ बजेभित्र मधेश प्रदेशमा सरकार गठनका लागि दाबी पेश गर्न दलहरूलाई आह्वान गरेबमोजिम यादवले मुख्यमन्त्रीको दाबी पेस गरेका थिए।

नवनियुक्त मुख्यमन्त्री यादवलाई नेकपा एमाले, माओवादी केन्द्र, जनमत, राप्रपा, नेपाल संघीय समाजवादी पार्टी र स्वतन्त्र प्रदेशसभा सदस्य सुरिता साह र अनिरुद्ध सिंहको समर्थन रहेको छ।

प्रकाशित: २७ पुष २०७९ १२:५९ | Wednesday, January 11, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 − 1 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast