काठमाडौँ– माघे संक्रान्ति अर्थात् मकर संक्रान्ति पर्वको अवसरमा आदिवासी मगर समुदायले काठमाडौँको टुँडिखेलमा माघे सकराती पर्व हर्षोल्लासपूर्वक मनाएका छन्। मगर समुदायद्वारा संस्कृतिक झाकीसहित भृकुटीमण्डपबाट निकालिएको र्याली भद्रकाली, सहिदगेट, सुन्धाराहुँदै टुँडिखेल पुगेको थियो।
‘मगरात सभ्यताको संरक्षण-सम्वर्द्धन गर्दै पुस्तान्तरण गरौं, मगर समुदायको महान चाड माघे सकराती-२०७९ भव्यताका साथ मनाऔं’ भन्ने नाराका साथ मगर समुदायले यो पर्व मनाएको हो। मैलिक र परम्परागत पहिरनमा सजिएर उनीहरूले सांस्कृतिक बाजागाजासहित सकराती मनाएका छन्।
उनीहरूले मौलिक सांस्कृतिक प्रदर्शनी, मौलिक परिकारहरू प्रदर्शनी, धनुषबाँण हान्ने तथा एकआपसमा शुभकामना आदान-प्रदान गर्दै खुसीयाली साटेका छन्।

तस्बिरहरू-दिपेश श्रेष्ठ/ हिमाल प्रेस
प्रकाशित: १ माघ २०७९ १९:२४ | Sunday, January 15, 2023
प्रतिक्रिया





