भैरहवामा नेक्सन इभीको ‘रेन्ज टेस्ट’

हिमाल प्रेस ३ माघ २०७९ १३:३३ | Tuesday, January 17, 2023
भैरहवामा नेक्सन इभीको ‘रेन्ज टेस्ट’
काठमाडौँ- विद्युतीय गाडीको उपयोगमा प्रोत्साहन गर्न टाटा मोटर्सले भैरहवामा नेक्सन इभीको ‘रेन्ज टेस्ट’ गरेको छ।
नेपालका लागि टाटा मोटर्सको आधिकारिक बिक्रेता सिप्रदी ट्रेडिङ प्रालि हो। कार्यक्रममा नेक्सन इभीका प्रयोगकर्ताको सहभागिता थियो। नेक्सन इभीले बुटवल–भैरहवा सडकमा ३९७ किमी रेन्ज दिएको छ।
सुवास खड्काले चलाएको इभीले हालसम्मकै धेरै रेन्ज दिएको कम्पनीले जनाएको छ।
३८७ किमी रेन्ज निकालेर गोपाल शर्मा दोस्रो भएका छन्।
सुबोध भट्टराईको नेक्सन इभीले ३७८ किमी रेन्ज दिएको थियो। कार्यक्रममा सहभागी ४० मध्ये २२ जनाले नेक्सन इभीमा ३०० किमी रेन्ज निकालेको टाटा मोटर्सले जनाएको छ। प्रथम स्थान प्राप्त गर्न सफल खड्काले सम्मान पदक र प्रमाण पत्रका साथ सामसङ स्मार्ट एलईडी टीभी उपहार पाएका छन्।
दोस्रो स्थानमा आएका शर्माले सामसङ ओभन र तेस्रो स्थानमा आएका भट्टराईले एयर फ्रायर उपहार पाएको कम्पनीले जनाएको छ।
प्रकाशित: ३ माघ २०७९ १३:३३ | Tuesday, January 17, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seven − 3 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast