 
                             
                                            काठमाडौँ- भिभोले वाई सिरिजको नयाँ मोडल वाई–०२ सार्वजनिक गरेको छ।
५००० एमएएचको शक्तिशाली ब्याट्री रहेको वाई–०२ मा २ जीबी र्याम र ३२ जीबी रोम दिइएको छ। यसको बजार मूल्य १२ हजार ४९९ तोकिएको कम्पनीले जनाएको छ।
वाई-०२ मा ६.५१ इन्चको एजडी डिस्प्ले रहेको छ। ‘आई प्रोटेक्सन’ मोडसमेत रहेको स्मार्टफोनमा २.५ डी स्लिम बडी छ।
कस्मिक ग्रे र अर्किड ब्लू गरी दुई रंगमा उपलब्ध वाई–०२ मिडियाटेक पी–२२ द्वारा सञ्चालित छ। यसमा ८ एमपी रियर ५ एमपी फ्रन्ट क्यामेरा छ।
                            प्रकाशित: १५ माघ  २०७९ १२:५१ 
                        
                        
                    
                        प्रतिक्रिया
                        
		
	
                    
                    
 हिमाल प्रेस
                     हिमाल प्रेस                     
                                              
                                             


 
  
  
  
  
  
  
  
  
  
 