भारत स्वतन्त्र भएको ७५ औँ वार्षिकोत्सवमा सांगीतिक कार्यक्रम

हिमाल प्रेस ६ माघ २०७९ २२:०४ | Friday, January 20, 2023
भारत स्वतन्त्र भएको ७५ औँ वार्षिकोत्सवमा सांगीतिक कार्यक्रम

काठमाडौँ– प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ भारत स्वतन्त्र भएको ७५औँ वार्षिकोत्सवको सन्दर्भमा ‘आजादीका अमृत महोत्सव’अन्तर्गत शुक्रबार काठमाडौँमा आयोजित सांगीतिक कार्यक्रमा सहभागी भएका छन्।

कुटुम्ब ब्याण्डले आफ्ना विविध प्रस्तुति गरेको सो समारोहमा नेकपा एमालेका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओली, नेकपा एकीकृत समाजवादीका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधव नेपाल र नेपाल समाजवादी पार्टीका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईको उपस्थिति रहेको थियो।

यस्तै परराष्ट्रमन्त्री विमला राई पौड्याल, पूर्वमन्त्री हिसिला यमी, सांसद, यहाँस्थित कूटनीतिक नियोगका पदाधिकारी, नेपाल सरकारका वरिष्ठ अधिकारी, कामको सिलसिलामा काठमाडौँस्थित भारतीय नागरिक लगायतको उपस्थिति रहेको थियो।

सो अवसरमा संक्षिप्त मन्तय व्यक्त गर्दै नेपालका लागि भारतका राजदूत नवीन श्रीवास्तवले नेपाल र भारत सांस्कृतिक रूपमा समान रहेकाले ती देशका पारम्परिक एवम् लोक संस्कृति झल्किने सांगीतिक कार्यक्रम प्रस्तुत गरिएको बताए।

प्रकाशित: ६ माघ २०७९ २२:०४ | Friday, January 20, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

thirteen + two =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast