भारतविरुद्ध न्युजिल्यान्डले लियो बदला, टि २० को पहिलो खेलमा जित

हिमाल प्रेस १४ माघ २०७९ ७:५० | Saturday, January 28, 2023
भारतविरुद्ध न्युजिल्यान्डले लियो बदला, टि २० को पहिलो खेलमा जित

काठमाडौँ- एकदिवसीय (ओडीआई) मा भारतसँग लज्जास्पद हार व्यहोरेको न्युजिल्यान्डले टि२० मा भने बदला सुरु गरेको छ।

भारतविरुद्धको ओडीआईका एक श्रृंखलाका तीनै खेलमा न्युजिल्यान्ड ‘निल’ भएको थियो। न्युजिल्यान्डसँगको जितमै भारत वरीयातामा पनि स्थानमा पुगेको छ।

यता न्युजिल्यान्ड चौथो स्थानमा छ। तर शुक्रबार राति घरेलु मैदानमा भारत स्तब्ध भएको छ। खेलमा घरेलु टोलीलाई २१ रनले हराउँदै न्युजिल्यान्ड अघि बढेको हो। जितका लागि १ सय ७७ रनको लक्ष्य पछ्याएको भारतले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १ सय ५५ रन बनायो।

भारतका वासिन्टन सुन्दरले सर्वाधिक ५० रन बनाए पनि टोलीलाई जिताउन सकेनन्। उनको यो पहिलो टि२० अर्धशतक हो। सूर्यकुमार यादव ४७ रनमा आउट भए। भारतका अन्य खेलाडीले राम्रो प्रदर्शन गर्न सकेनन्। न्युजिल्यान्डका माइकल ब्रेसवेल, मिचेल सान्टनारले समान २–२ विकेट लिए।

लोकी फर्गुसन, जकोब डफी र इश सोधीले १–१ विकेट लिए। त्यसअघि राँचीमा टस हारेर पहिला ब्याटिङ गरेको न्युजिल्यान्डले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १ सय ७६ रन बनाएको थियो। न्युजिल्यान्डका डर्याल मिचेलले अविजित ५९ रन बनाए। उनले २६ बलमा अर्धशतक पूरा गरेका थिए।

डेभन कन्वे ५२ रनमा आउट भए। भारतका वासिन्टन सुन्दरले २ तथा अर्शदीप सिंह, शिवम माभी र कुलदीप यादवले १–१ विकेट लिए। भारत र न्युजिल्यान्डबीचको दोस्रो खेल आइतबार लखनउमा हुनेछ।

प्रकाशित: १४ माघ २०७९ ७:५० | Saturday, January 28, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 + 20 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast