भारतमा बस र ट्रक ठोक्कियो, कम्तीमा १० जनाको मृत्यु

हिमाल प्रेस २९ पुष २०७९ १७:०१ | Friday, January 13, 2023
भारतमा बस र ट्रक ठोक्कियो, कम्तीमा १० जनाको मृत्यु

काठमाडौँ- पश्चिमी भारतको महाराष्ट्र राज्यमा शुक्रबार बस र ट्रक ठोक्किँदा कम्तीमा १० जनाको मृत्यु भएको छ। तीव्र गतिमा रहेको बस विपरीत दिशाबाट आएको सामान बोकेको ट्रकसँग ठोक्किएको हो। दुर्घटनामा अन्य थुप्रै यात्रु घाइते भएको अधिकारीले बताएका छन्।

दुर्घटना महाराष्ट्रको राजधानी मुम्बईबाट करिब १८० किलोमिटर उत्तरपूर्वमा रहेको नासिक जिल्लाको सिन्नार क्षेत्रमा भएको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन्।

प्रहरीका अनुसार निजी लक्जरी बस ठाणे जिल्लाको अम्बरनाथबाट अहमदनगर जिल्लाको शिरडीको मन्दिरतर्फ गइरहेको थियो।

प्रकाशित: २९ पुष २०७९ १७:०१ | Friday, January 13, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

13 − 8 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast