भारतमा नेपाली दुई युवकको अपहरणपछि हत्या

हिमाल प्रेस ८ माघ २०७९ १२:५६ | Sunday, January 22, 2023
भारतमा नेपाली दुई युवकको अपहरणपछि हत्या

जनकपुरधाम- दुई साताअघि अपहरणमा परेका जनकपुरधामका दुई युवाको भारतमा हत्या गरिएको छ।

१३ दिनदेखि सम्पर्कविहीन रहेका जनकपुरधाम उपमहानगरपालिका-८ का २१ वर्षीय रोहित साह र वडा नम्बर १३ का २२ वर्षीय विष्णु साहको भारतमा हत्या गरिएको हो।

मृतक विष्णु र रोहित एकै परिवारका सदस्य हुन्। रोहित विष्णुलाई लिएर भारतको सीतामढी जिल्लाको बेला परिहारमा आफ्नो नातेदारका घर गएका थिए। तर त्यहीँ दुवै जना अपहरण परेका थिए।

भारतीय प्रहरीले भारतको सोही क्षेत्रमा दुईवटा शव फेला पारेपछि आइतबार बिहान मृतक युवकहरूका आफन्तहरूलाई सनाखतका लागि खबर गरेको थियो।

मृतक दुवै जनाको शव अहिले भारतको बेला परिहारस्थित प्रहरी कार्यालयमा राखिएको छ। शव नेपाल प्रहरीलाई बुझाउने तयारीसमेत भइरहेको छ।

आफन्तको घर भारत पुगेका दुवै जना सम्पर्कविहीन भएको केही दिनपछि उनीहरूको परिवारलाई फिरौतीका लागि भारतीय नम्बरबाट फोन आइरहेको थियो। सुरुमा ५० लाख मागेका अपहरणकारीहरूले पछि फिरौती रकम २० लाख मागेका थिए।

अपहरणकारीहरूले विष्णुको आवाज रेकर्ड गरेर उनको परिवारलाई पठाएको थियो। विष्णुको पारिवारिक सदस्यहरूका अनुसार अपहरणकारीहरूले फिरौतीको रकम लिएर सर्लाहीको मलंगवा नाकामा बोलाएको थियो। तर, एकाएक अपहरणकारीको मोबाइलमा सम्पर्क हुन छोडेपछि विष्णुको परिवारमा तनाव बढेको थियो।

प्रकाशित: ८ माघ २०७९ १२:५६ | Sunday, January 22, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

17 − thirteen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast