 
                             
                                            काठमाडौँ- भारतको मध्यप्रदेशमा एक ट्रेनी जहाज दुर्घटना भएको छ। दुर्घटनामा पाइलटको मृत्यु भएको छ भने इन्टर्न गर्ने व्यक्ति घाइते भएका छन्। नजिकको अस्पतालमा ती व्यक्तिको उपचार भइरहेको छ।
भारतीय सञ्चारमाध्यमका अनुसार दुर्घटना रिवा जिल्लाको चोरहटना थानाअन्तर्गतको उमरी गाउँमा भएको थियो।
सो जहाज त्यहाँको एक मन्दिरको माथिल्लो भागमा ठोक्किएको थियो। दुर्घटनाको कारण भने अझै पत्ता लागेको छैन।
                            प्रकाशित: २२ पुष  २०७९ १०:२१ 
                        
                        
                    
                        प्रतिक्रिया
                        
		
	
                    
                    
 हिमाल प्रेस
                     हिमाल प्रेस                     
                                              
                                              
                                              
                                              
                                              
                                             


 
  
  
  
  
  
  
  
  
  
 