भारतबाट फर्केर सिन्धुपाल्चोकका युवाले गरे अनारखेती

हिमाल प्रेस १२ माघ २०७९ १९:४९ | Thursday, January 26, 2023
भारतबाट फर्केर सिन्धुपाल्चोकका युवाले गरे अनारखेती

सिन्धुपाल्चोक– सिन्धुपाल्चोकको इन्द्रावती गाउँपालिका-१० भोटसिपाका दुई किसान ४० रोपनी जमिनमा अनारखेती गरेर आत्मनिर्भर बनेका छन्।

कृषक राजेन्द्र आचार्य र ऋषिराम भट्टराईले १० वर्षअघि भारतबाट बिरुवा झिकाई आफ्नै १५ लाख रुपैयाँ लगानीमा अनारखेती सुरु गरेका हुन्। अरबत्ता, मृदुला, सिन्दुरे र गणेश प्रजातिका अनारको खेतीबाट प्रतिरोपनी एक लाखका दरले ४० लाख रुपैयाँ आम्दानी हुने अनुमान कृषक आचार्यले गरेका छन्। अघिल्लो वर्ष १० लाख रुपैयाँको अनार उत्पादन भएकामा यस वर्ष १५ लाख रुपैयाँको उत्पादन हुने आचार्यले जानकारी दिए।

उक्त अनार खेतीलाई नेपाल सरकारले बिरुवाको स्रोत केन्द्रका रूपमा मान्यता दिएको दाबी गर्दै गुणस्तरीय प्रजातिको बिरुवा नेपालभर बिक्री वितरण गर्न सक्षम भएको कृषक आचार्यको भनाइ छ।

नेपालमा अनारका लागि भारतको भर पर्नुपर्ने अवस्था रहेको र त्यसको खेती नेपालमै हुनसके ठूलो धनराशि विदेश जानबाट रोकिनुका साथै किसानले पनि राम्रो फाइदा लिन सक्ने अपेक्षा कृषक भट्टराईको छ।

प्रकाशित: १२ माघ २०७९ १९:४९ | Thursday, January 26, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

sixteen − 4 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast