बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी पक्राउ

हिमाल प्रेस ५ माघ २०७९ ७:०२ | Thursday, January 19, 2023
बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी पक्राउ सांकेतिक तस्बिर।

काठमाडौँ- बैंकिङ कसूर मुद्दाका फरार एक जना प्रतिवादी प्रहरी नियन्त्रणमा परेका छन्। ओखलढुंगा सिद्धिचरण नगरपालिका –५ घर भई काठमाडौँ महानगरपालिका–६ बस्ने ५७ वर्षीय एक राज दाहाललाई बुधबार प्रहरीले पक्राउ गरेको हो।

उच्च अदालत पाटनको २०७८ फागुन १३ गतेको फैसलाले बैंकिङ कसूर मुद्दामा ३५ दिन कैद र १ करोड ४० लाख रुपैयाँ जरिवाना ठहर भई फरार रहेका उनलाई केन्द्रीय अनुसन्धान ब्युरो महाराजगंजबाट खटिएको प्रहरीले काठमाडौं पेप्सीकोलाबाट पक्राउ गरेको हो।

आफ्नो बैंक खातामा पर्याप्त मौज्दात रकम नभएको भन्ने जानी-जानी पीडितलाई झुक्यानमा पारी दिएको तीन थान चेकको रकम भुक्तान हुन नसकेको घटनामा अदालतले उक्त फैसला गरेको थियो।

उनलाई फैसला कार्यान्वयनको लागि जिल्ला अदालत काठमाडौँमा पेस गरिएको प्रहरीले जनाएको छ।

प्रकाशित: ५ माघ २०७९ ७:०२ | Thursday, January 19, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

9 − 5 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast