बिनाधितो कर्जा २५ लाख बनाउन व्यवसायी महासंघको माग

हिमाल प्रेस २९ पुष २०७९ २०:५४ | Friday, January 13, 2023
बिनाधितो कर्जा २५ लाख बनाउन व्यवसायी महासंघको माग

काठमाडौँ– नेपाल राष्ट्रिय व्यवसायी महासंघले बैंकले प्रदान गर्दै आएको बिनाधितो कर्जा २५ लाख बनाउन माग गर्दै अर्थमन्त्रीलाई ध्यानाकर्षण पत्र बुझाएको छ। शुक्रबार महासंघ पदाधिकारीहरूको टालीले उप्रधान तथा अर्थमन्त्री पौडेललाई मन्त्रालयमा भेटेर बैंकले प्रदान गर्दै आएको बिनाधितो कर्जा १५ लाखबाट वृद्धि गरेर २५ लाख बनाउन माग गर्दै ध्यानाकर्षण पत्र बुझाएको हो।

महासंघ अध्यक्ष कुमार कार्कीले बैंक तथा वित्तीय संस्थाको उच्च ब्याजदरका कारण व्यवसायीहरू व्यवसायबाट पलायन हुने अवस्था आएको भन्दै बैंकको ब्याजदर एकल अंकमा कायम गर्नुपर्ने माग राखे। उनले भन्सार दरबन्दीको महँगीका कारण बजार मूल्य बढेकाले भन्सार दरबन्दी घटाउन सुझाव दिए। उनले स्वदेशी उत्पादनलाई प्रोत्साहन गर्न कच्चा पदार्थ आयातमा सहुलियत दिन माग राखे।

उनले व्यवसायीहरूको मागमा अर्थमन्त्री सकारात्मक रहेकाले माग सम्बोधन हुने कुरामा विश्वस्त रहेको जानकारी दिए।

प्रकाशित: २९ पुष २०७९ २०:५४ | Friday, January 13, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fourteen + 2 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast