काठमाडौँ- अभिनेत्री उपासना सिंह ठकुरी अभिनीत पहिलो म्युजिक भिडियो सार्वजनिक भएको छ। जनक ताम्राकारको स्वर रहेको गीत ‘बिजुली’ मा उपासना देखिएकी हुन्।
उपासनाले सन् २०१९ मा फिल्म ‘क्याप्टन’बाट अभिनयमा डेब्यु गरेकी हुन्। त्यसपछि ‘कबड्डी कबड्डी कबड्डी’मा उनले काम गरेकी थिइन्। पछिल्लो समय उनी आर्यन सिग्देलसँग फिल्म ‘डिसेम्बर फल्स’ मुख्य भूमिकामा देखिएकी थिइन्।
फिल्ममा काम गर्दै आएकी उनले पहिलोपटक म्युजिक भिडियोमा काम गरेकी हुन्। भिडियोमा उनीसँग निराजन प्रधान छन्।
‘बिजुली’ गीतमा शब्द र संगीत महेश ताम्राकारका रहेको छ। उदयराज पौडेले संगीत संयोजन गरेका छन्। म्युजिक भिडियोको निर्देशन हरि हुमागाइँले गरेका हुन्।
प्रकाशित: १३ माघ २०७९ १३:०२ | Friday, January 27, 2023
प्रतिक्रिया



