बालुवाटारमा सर्वदलीय बैठक सुरु

हिमाल प्रेस ३ माघ २०७९ १७:२४ | Tuesday, January 17, 2023
बालुवाटारमा सर्वदलीय बैठक सुरु
काठमाडौँ- प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सर्वदलीय बैठक सुरु भएको छ। सभामुखको निर्वाचनअघि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफूलाई विश्वासको मत दिने दलका नेताहरूसँग छलफल गरेका हुन्।
माघ ५ गते सभामुखको निर्वाचन हुँदैछ। त्यसअघि नै सहमति जुटाउन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बैठक बोलाएका हुन्।  बैठकमा प्रतिनिधिसभामा रहेका दलहरूका शीर्ष नेताहरू सहभागी छन्।बैठकमा सत्ता साझेदार दलबाट नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली, प्रधानमन्त्री प्रचण्ड, राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने सहभागी छन्। त्यसैगरी नेपाली कांग्रेसबाट सभापति शेरबहादुर देउवा, उपसभापति पूर्णबहादुर खड्का र वरिष्ठ नेता रामचन्द्र पौडेल पनि सहभागी छन्।

एकीकृत समाजवादीबाट पार्टी अध्यक्ष माधवकुमार नेपाल सहभागी छन्। नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराई पनि बैठकमा छन्। उता सरकारमा जान इन्कार गरेको नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष एवम् सांसद रञ्जिता श्रेष्ठ पनि बैठकमा सहभागी छिन्।

प्रकाशित: ३ माघ २०७९ १७:२४ | Tuesday, January 17, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

19 − 9 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast