बाजुरामा भीरबाट लडेर एकको मृत्यु

हिमाल प्रेस ६ माघ २०७९ ७:४८ | Friday, January 20, 2023
बाजुरामा भीरबाट लडेर एकको मृत्यु प्रतीकात्मक तस्बिर।

बाजुरा- गौमूल गाउँपालिका–२ मल्दुगुनमा भीरबाट लडेर एक युवकको मृत्यु भएको छ।

स्थानीय ४५ वर्षीय रामबहादुर बोहराको मृत्यु भएको हो। बिहीबार गाउँ नजिकैको हन्यामाटा वनमा बाख्रा चराउन गएका वेला लडेर घटनास्थलमै उनको मृत्यु भएको आफन्त शुक्रराज बोहराले जानकारी दिए।

बिहान बाख्रा लिएर चराउन गएका बोहरा बेलुकी घर नफर्किएपछि खोजी गर्दा मृत अवस्थामा फेला परेका थिए। मृतकका श्रीमती, दुई छोरा र एक छोरी छन्।

प्रकाशित: ६ माघ २०७९ ७:४८ | Friday, January 20, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seven + nineteen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast