बागमती मुख्यमन्त्री जम्मकट्टेललाई कांग्रेसले विश्वासको मत दिने

हिमाल प्रेस ३ माघ २०७९ १५:४३ | Tuesday, January 17, 2023
बागमती मुख्यमन्त्री जम्मकट्टेललाई कांग्रेसले विश्वासको मत दिने बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेल। फाइल तस्बिर।

काठमाडौँ- बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्मकट्टेललाई नेपाली कांग्रेसले पनि विश्वासको मत दिने भएको छ। कांग्रेस बागमती प्रदेश संसदीय दलका नेता बहादुरसिंह लामाले पनि मुख्यमन्त्रीलाई विश्वासको मत दिएर कांग्रेस प्रतिपक्षमा बस्ने बताए। यसअघि कांग्रेसको संसदीय दलको बैठकले विश्वासको मत दिने निर्णय गरेको थियो।

आज मंगलबार जम्मकट्टेलले विश्वासको मत लिँदैछन्। नेकपा माओवादी केन्द्रका सांसद जम्मकट्टेल पुस २५ गते मुख्यमन्त्री बनेका थिए।

कांग्रेसले संघीय सरकारमा पनि माओवादीका अध्यक्षसमेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई पनि पुस २६ गते विश्वासको मत दिएको थियो। बागमती प्रदेशमा नेपाली कांग्रेसका ३७ जना सांसद छन्।

प्रकाशित: ३ माघ २०७९ १५:४३ | Tuesday, January 17, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 × one =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast