बागमती प्रदेश उपसभामुखमा अप्सरा चापागाईं निर्वाचित

हिमाल प्रेस २ माघ २०७९ १८:१० | Monday, January 16, 2023
बागमती प्रदेश उपसभामुखमा अप्सरा चापागाईं निर्वाचित

हेटौँडा– बागमती प्रदेशको उपसभामुखमा सत्तारुढ गठबन्धनबाट नेकपा एमालेकी सांसद अप्सरा चापागाईं निर्वाचित भएकी छन्। एमालेबाट समानुपातिक सांसद चापागाईंले ६१ मत प्राप्त गर्दै निर्वाचित भएकी हुन्। नेपाली कांग्रेसकी उम्मेदवार सुना परियार र नेपाल मजदुर किसान पार्टीकी गीता काफ्लेलाई हराउँदै चापागाईं निर्वाचित भएकी हुन्।

बागमती प्रदेशका १ सय १० मध्ये १ सय ८ जना सांसदले मतदान प्रक्रियामा भाग लिएका थिए। यसअघि बागमती प्रदेश सभामुखमा राप्रपाका भुवन पाठक विजयी भएका थिए।

प्रकाशित: २ माघ २०७९ १८:१० | Monday, January 16, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 × one =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast