बागमती प्रदेशका मुख्यमन्त्री जम्मकट्टेलले पाए विश्वासको मत

हिमाल प्रेस ३ माघ २०७९ १६:३१ | Tuesday, January 17, 2023
बागमती प्रदेशका मुख्यमन्त्री जम्मकट्टेलले पाए विश्वासको मत बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेल। फाइल तस्बिर।

काठमाडौँ- बागमती प्रदेशको मुख्यमन्त्री शालिकराम जम्कट्टेलले विश्वासको मत पाएका छन्। आज मंगलबार प्रदेशसभामा उनलाई १०५ सांसदले विश्वासको मत दिएका हुन्।

प्रस्तावको पक्षमा १०५ र विपक्षमा ३ मत खसेको प्रदेशसभाका सभामुख भुवन पाठकले जानकारी दिए। बागमतीको प्रदेशसमाभा ११० सदस्य छन्। आज एक जना भने अनुपस्थित रहे।

सत्तागठबन्धनका सांसदसँगै प्रदेशसभाको सबैभन्दा ठूलो दल नेपाली कांग्रेसका सांसदले पनि जम्मकट्टेलाई विश्वासको मत दिए। उनी पुस २५ गते मुख्यमन्त्री नियुक्त भएका थिए।

प्रदेश सभामा ३ जना मात्र सांसद रहेको नेपाल मजदुर किसान पार्टी(नेमकिपा)ले भने विश्वासको मत दिएन। संघमा पनि कांग्रेसले माओवादी अध्यक्षसमेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई विश्वासको मत दिएको थियो। कांग्रेसले विश्वासको मत दिए पनि प्रतिपक्षमै बस्ने बताउँदै आएको छ।

प्रकाशित: ३ माघ २०७९ १६:३१ | Tuesday, January 17, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eight + nine =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast